Saturday, June 14, 2025

बरमथान पूज्ने कुरामा दुई समुह बिच विवाद, सर्लाहीको  धन्कौलमा तनाव

ताजा / भरखरै प्राप्त

धन्कौल– जन्ती जानु पूर्व बरमथानमा पूजा गर्ने विषयमा दुई समुह विच भएको विवाद उग्र बन्दा सर्लाहीको धन्कौलमा तनाव भएको छ ।

सोमबार राती जन्ती जाने तयारीमा रहेका धन्कौल गाउँपालिका–५, स्थित एकै गाउँका दुई समुहको बरमथानमा पूजा गर्ने विषयमा विवाद भएको थियो । सोही विवाद उग्र बन्दै जादा गाउँमा तनावको स्थिति बनेको वडाध्यक्ष गजेन्द्र महतोले जानकारी दिनुभयो । तराई मधेशमा विवाहमा जन्ती जानु पूर्व डिजे बाजा सहित गाँउ नजिकैको बरमथान सम्म पुगेर दुलाहाले पूजा गर्ने प्रचलन छ ।

वडाध्यक्ष महतोको अनुसार गाउकै प्रमोद साहका छोरा र गगन पासवानको छोराको विवाह चलिरहेको थियो । गाउँमा भएको विवाद पछि उग्र बनेका साह पक्षका युवाहरूले पासवानको विवाहमा जन्ती जादै गरका वडाध्यक्ष महतो माथी औरही नजिकै आक्रमण गरेका श्रोतको भनाई छ । सोही कुरालाई लिएर आज बिहान केही बेर धन्कौल गाउँमा तनावको स्थिति सृजना भएको हो ।

घटना स्थल पुगेको सुरक्षा अधिकारीहरूले वडाध्यक्ष माथि आक्रमण गर्ने समुहलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि स्थिती सान्त बन्दै गएको प्रहरीले जनाएको छ । साह समुहका युवाहरूले ढुङ्गामुढा गरी आफ्नो गाडीमा समेत क्षति पुर्‍याई दिएका वडाध्यक्ष महतोले बताउनु भयो । घटना स्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

घटनाको एकिन कारण नखुलेको भन्दै बुझने प्रयास भइरहेको उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles