लालबन्दी–नेपाली काङ्ग्रेस निकट नेपाल सांस्कृतिक महासङ्घ सर्लाहीको सभापतिमा नारायण गुर्मछाने मगर सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार सम्पन्न महासङ्घको तेस्रो जिल्ला अधिवेशनले गुर्मछानेको नेतृत्वमा १७ सदस्य कमिटी गठन गरेको हो । अधिवेशन नेपाली काङ्ग्रेस जिल्ला सभापति सुरेन्द्र सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सांस्कृतिक महासङ्घका जिल्ला सभापति मदन विश्वकर्माले जानकारी दिए । अधिवेशनबाट महासङ्घको उपसभापतिमा निलम मैनाली, सचिवमा सुशील गजमेर लगायत पदाधिकारी तथा सदस्यमा चयन भएका छन ।
कार्यक्रममा नेपाल सांस्कृतिक महासङ्घका केन्द्रीय सभापति तिर्थ थापा, संविधान सभा सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, नेपाल सांस्कृतिक महासङ्घका केन्द्रीय महामन्त्री शिवशङ्कर रिजाल, लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी, ईश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्य, मधेस प्रदेश सदस्य सेनी कुमारी बम्जन, रामबाबु साह लगायतको आतिथ्यता रहेको नेपाली काङ्ग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए ।