राजु तामाङ, बागमती–नेपाल तामाङ घेदुङ बागमती नगर समितिको अध्यक्षमा रोशन दोङ चयन भएका छन् ।
शनिबार बागमती नगरपालिका–१, आदर्श चौकमा रहेको सीता प्यालेस होटलमा नेपाल तामाङ घेदुङको तेस्रो नगर अधिवेशन सम्पन्न भएको हो । केन्द्रीय सदस्य जयमान पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले दोङको अध्यक्षतामा १३ सदस्य घेदुङ नगर कार्य समिति गठन गरेको छ । घेदुङका नगर अध्यक्ष जय बहादुर गोलेको अध्यक्षता भेला सम्पन्न भएको थियो ।
अधिवेशनबाट चयन भएको नयाँ समितिले आगामी ४ वर्षे कार्यकालको नेतृत्व गर्ने घेदुङ बागमतीले जनाएको हो । दोङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको निर्वाचन मण्डलका संयोजक प्रदेश घेदुङका उपाध्यक्ष संजिव मोक्तानले जानकारी दिए । नयाँ कार्यसमितिको उपाध्यक्षमा अशोक घिसिङ, र फुलमाया वाइबा, सचिवमा चन्द्र बहादुर जिम्बा, सहसचिवमा किर्तिमान घिसिङ र कोषाध्यक्षमा सर्मिला स्याङ्तान चयन भएका छन् ।
यस्तै सदस्यहरू विशाल भोलन, कर्मध्वज घिसिङ, मान बहादुर वाइबा, पन्ची माया बोम्जन, वीर बहादुर डिम्डुङ, उत्तम वाईबा र हिरामाया बल चयन भएका हुन् । कार्यक्रममा महिला नेतृ लिला कुमारी मोक्तान, बागमती नगरपालिकाका कार्यबाहक नगर प्रमुख कृष्णा लामा, जिल्ला घेदुङका अध्यक्ष बुद्ध थिङ, हरिवन नगर घेदुङ अध्यक्ष राजु लो तामाङ, वडा अध्यक्षहरु गम्भीर सिङ पाख्रिन, टेक बहादुर बल, कृष्ण बहादुर वाइबा, दुर्गा लामा, वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष अर्थमान सिङ्तान, ३ का वडा सदस्य श्रीमान स्याङ्तान, पूर्व वडा अध्यक्ष दीपक लामा, शिक्षक धर्म लाल गोले लगायतको आतिथ्यता रहेको थियो ।