हरिवन–नेपाली लेखक सङ्घ सर्लाहीको अध्यक्षमा विवश पौडेल चयन भएका छन् ।
सोमबार हरिवनमा सम्पन्न सङ्घको तेस्रो जिल्ला अधिवेशनले पौडेलको नेतृत्वमा ११ सदस्य नयाँ कमिटी गठन गरेको हो । जिल्ला कमिटीको उपाध्यक्षमा अर्जुन थापा, सचिवमा सुमन घिमिरे (अग्रिम), कोषाध्यक्षमा विप्लव कार्की र सदस्यहरूमा क्षेत्रजा दाहाल, चण्डिका मैनाली, कृष्ण समर्पण, सरोजकुमार सिंह दनुवार, सोम दियाली, मनोज बख्रेल र रामदरेश महतो सर्वसम्मत चयन भएका छन ।
नेपाली लेखक सङ्घका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य जीवन आचार्य निश्चलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा मधेश प्रदेश कार्य समिति सदस्य सोनी कुमारी बम्जनको प्रमुख आतिथ्य रहेको थियो । भने, नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य कुमार दाहाल कुसुमको विशिष्ट आतिथ्य रहेको थियो ।
सम्पन्न भेलाले चैत्र १६ र १७ गते लुम्बिनीमा हुने नेपाली लेखक सङ्घको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि समेत छनोट गरेको छ । विवश पौडेल, सुमन घिमिरे (अग्रिम) र क्षेत्रजा दाहाललाई महाधिवेशन प्रतिनिधिका रूपमा चयन भएका नेपाली लेखक सङ्घ सर्लाहीले जनाएको हो ।