Wednesday, April 30, 2025

दुर्घटना पछि फरार एम्बुलेन्स दसगजाबाट बरामद

ताजा / भरखरै प्राप्त

मलङ्गवा–चार दिन पहिला सर्लाहीको मलङ्गवामा दुर्घटना गराएर फरार भएको एम्बुलेन्स नेपाल–भारत सिमा दशगजाबाट बरामद भएको छ ।

प्रहरीले खोजीको क्रममा गत फागुन २९ गते नवलपुर–मलङ्गवा सडक खण्ड अन्तरगत मलङ्गवा–४, मा दुर्घटना गराएर फरार एम्बुलेन्स बरामद गरेको जनाएको हो । ज १ च ५९२ नम्बरको एम्बुलेन्स पर्सा गाउँपालिका–६, दशगजा क्षेत्रमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

गत फागुन २९ गते राती मलङ्गवा नगरपालिका–४, मा नम्बर नखुलेको एम्बुलेन्सले तीन जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । बरामद एम्बुलेन्स दुर्घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट मलङ्गवा नगरपालिका–३, बस्ने ५५ वर्षका जय प्रकाश जयसवालको मृत्यु भएको थियो । भने, अन्य दुई जना घाइते भएका छन् । 

घाइते मध्य मलङ्गवा नगरपालिका–४, बस्ने ५२ वर्षका जितु रायको अहिले पनि जनकपुर स्थित एएस एण्ड पी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भने, अर्का घाइते भारत सीतामढी बस्ने अन्दाजी २० वर्षका राकेश गुप्ता उपचार पश्चात डिस्चार्ज भएका छन । तीब्र गतिमा रहेको एम्बुलेन्सले सडक किनारमा हिँडिरहेका तीन जनालाई ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ । 

प्रहरीले घटना लगतै फरार एम्बुलेन्स र चालकको खोजी तीब्र पारेको थियो । बरामद एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ल्याएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । भने, चालकको खोजी भइरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles