Wednesday, May 21, 2025

दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

ताजा / भरखरै प्राप्त

बलरा-हुलाकी सडक खण्ड अन्तरगत सर्लाहीको बलरा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका छन् । 

मङ्गलबार बलरा नगरपालिका–११, छतौनामा मलङ्गवा तर्फ आउदै गरेको प्रदेश २–०३–०१८ प ३२०६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–००६ प ००६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो । दुर्घटनामा ३२०६ नम्बरको मोटरसाइकलमा सवार रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–५, बस्ने ४६ वर्षका नरेश प्रसाद जयसवालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर गम्भिर घाइते भएका जयसवाललाई तत्काल उपचारको लागि वीरगन्ज लैजाँदै गर्दा बाटो मानै मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । घटनामा सोही मोटरसाइकलमा सवार राजदेवी नगरपालिका–३, पथरा बस्ने ४५ वर्षका सिकेन्द्र बैठा समेत घाइते भएका छन् । बैठाको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा सामान्य घाइते भएका ००६ नम्बरको मोटरसाइकल चालक सर्लाहीको रामनगर गाउँपालिका–१, निवासी ३० वर्षका होसनारायण रायलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै मोटरसाइकल समेत नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक राईले बताए । मृतक जयसवालको शव परीक्षणको लागि वीरगन्ज स्थित बयोधा अस्पतालमा राखिएको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles