Wednesday, May 21, 2025

ठुलो परिमाणमा लागु औषध सहित युवक पक्राउ

ताजा / भरखरै प्राप्त

मलङ्गवा– सर्लाहीको कविलासीबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागू औषध सहित एक युवकलाई पक्राउ गरेको छ । 

मङ्गलबार नवलपुर–मलङ्गवा सडक खण्ड अन्तरगत कविलासी नगरपालिका–१०, चमेलीमाई मन्दिर नजिकै चेक जाँचका क्रममा लागू औषध सहित युवक पक्राउ परेका प्रहरीले जनाएको हो । पक्राउ पर्नेमा बागमती नगरपालिका–५, टेकानी बस्ने २८ वर्षका गजेन्द्र नारायण महतो रहेको प्रहरीले जनाएको छ । महतो सवार स्कुटर चालक भने, प्रहरीलाई देख्ने बित्तिकै फरार भएका थिए । 

सुराकीका आधारमा प्रहरीले महतो सवार प्रदेश २–०३–०१८ प ९८३२ नम्बरको स्कुटर चेक जाँच गरेको थियो । सोही क्रममा स्कुटरका विभिन्न भागमा लुकाएर ल्याउँदै गरेको अवस्थामा ८६ बोतल ओनेरेक्स १०० एमएल, विण्केरेक्स १०० एमएल २७ बोतल र ट्रमनी आइपी ५० एमजी लेखेको २९ पत्तामा २९० ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

बरामद लागु औषध सहित पक्राउ परेका महतोलाई आवश्यक कारवाहीका लागि अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको हो । घटना लगतै फरार रहेका स्कुटर चालकको समेत खोजी भइरहेको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles