Wednesday, May 21, 2025

एसइई परीक्षामा मर्यादा कायम नगर्ने तीन निरीक्षक र एक सहयोगी निष्काशित

ताजा / भरखरै प्राप्त

मलङ्गवा–माध्यामिक शिक्षा परीक्षा(एसइई)मा मर्यादा कायम गर्न नसकेको भन्दै सर्लाहीको तीन वटा विद्यालयका निरीक्षक र विद्यालय सहयोगी निष्कासनमा परेका छ ।

बिहीबारबाट सुरु भएको एसइई परीक्षामा खटिएका तीन जना परीक्षा निरीक्षक र एक जना विद्यालय कर्मचारी अमर्यादित गतिविधिमा संलग्न रहेको भन्दै कारवाहीमा परेका हुन । तीन जना निरीक्षक र एक जना सहयोगिलाई एसइईमा बस्न नपाउने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रमुख मोती प्रसाद भट्टराईले जानकारी दिए । 

कारवाहीमा पर्नेमा जिल्लाको बलरा नगरपालिका–४, स्थित श्री रामसखी मोहित सिंह जनता माध्यामिक विद्यालयका निरीक्षक रामनारायण बैठा र रिङ्कु देवी, तथा हरिपूर्वा नगरपालिकाको श्री केश्वर गरिव जनता माध्यामिक विद्यालयमा निरीक्षक बाबु लालरायमलंगवा नगरपालिका–७, श्री बौधीदेवी माध्यामिक विद्यालयका सहयोगी इन्द्रजित महतो नुनिया रहेका छन । 

विद्यालय सहयोगी नुनियालाई गेस बोकेर परीक्षाहल भित्र हिँडिरहेको अवस्थामा जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र कुशवाहाको नेतृत्वमा रहेको अनुगम समितिले फेला पारेर निष्कासन गरेको हो । जिल्लाका अन्य स्थानमा मर्यादित ढङ्गले परीक्षा तालिकानुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत र मदरसा तर्फ अनिवार्य अरबी भाषाको परीक्षा दिएका छन ।

यस वर्ष जिल्लाबाट एक सय ७ वटा सामुदायिक, ४६ वटा संस्थागत, प्राविधिक धारतर्फ ११ वटा, खुला १ र गृहिणी एक गरी एक सय ५३ वटा माध्यामिक विद्यालयबाट परीक्षार्थी परीक्षामा सहभागी भएका छन । ६ हजार ३६ जना छात्रा र ५ हजार ९ सय ७१ छात्र गरी कुल १२ हजार ३४ जना विद्यार्थीहरू परीक्षामा सहभागि हुने इकाई प्रमुख भट्टराईले बताए । 

जिल्लामा कायम ३८ वटा परीक्षा केन्द्रको लागि ३८ जना केन्द्राध्यक्ष, ६१ जना सहायक केन्द्राध्यक्ष, ५ सय ८३ जना परीक्षा निरीक्षक, एक सय ४ जना परीक्षा सहायक, दुई सय २३ विद्यालय सहयोगी गरी एक हजार ९ जना जनशक्ति परिचालन गरिएको उनले बताए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles