हरिवन–सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योग प्रतिष्ठानको आधिकारीक ट्रेड युनियनमा अखिल नेपाल औद्योगिक मजदुर संघ जिययी भएको छ ।
आइतबार उद्योग परिसरमा सम्पन्न निर्वाचनमा २ सय ६ मतको भारी अन्तर सहित नेकपा(माओवादी केन्द्र) निकट औद्योगिक मजदुर संगठन निर्वाचित भएको हो । भने, निकटतम प्रतिस्पर्धीको रुपमा रहेको नेकपा एमाले निकट समग्र ट्रेड युनियनले ६७ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत श्रम तथा रोजगार कार्यालय जनकपुरधामका वरिष्ठ श्रम अधिकृत दिवाकर भुजेलले जानकारी दिए ।
इन्दु शंकर चिनी उद्योग प्रतिष्ठान अन्तरगतका कुल ३ सय २३ मतदाता मध्य ३ सय १७ जनाले मतदाता गरेका थिए । त्यस मध्य ४४ वटा मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ । निर्वाचन प्रकृया अन्तरगत बिहान ८ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्म चलेको थियो ।
निर्वाचित भएसँगै अखिल नेपाल औद्योगिक मजदुर संघ आगामी कार्यकालको लागि इन्दु शंकर चिनी उद्योग प्रतिष्ठानको आधिकारी ट्रेड युनियन बनेको छ ।