हरिवन–सर्लाहीको हरिवनमा २४ औँ मजदुर बलिदानी दिवस मनाइएको छ ।
आइतबार हरिवनमा आयोजित एक कार्यक्रमबा बिच अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश कमिटीले २४ औं मजदुर बलिदान दिवस मनाएको हो । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सचिव अर्जुन चिमोरियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका मधेश प्रदेश अध्यक्ष केदार देवको सभाध्यक्षता रहेको थियो ।
कार्यक्रममा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरिएको कार्यक्रम सञ्चालक प्रदेश कमिटि उपाध्यक्ष तुलसी पौडेलले जानकारी दिए । कार्यक्रममा मजदुर शहिदहरुको योगदानको समेत चर्चा गरिएको उनले जानकारी दिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्त, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य युवराज लुइटेल लगायतको आतिथ्यता रहेको थियो ।

