हरिपुर–सर्लाहीको हरिपुरमा एक कार्यक्रमका बिच शहीद डाचाराज वाग्लेको चौथो स्मृति दिवस मनाइएको छ ।
सोमबार हरिपुर बजारमा रहेको नेपाल रेडक्रस सोसाइटीको भवनमा औपचारिक कार्यक्रमका बीच स्मृती दिवस मनाइएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज अच्युतम काफ्लेले जानकारी दिए । कार्यक्रममा उपस्थित माओवादी केन्द्रका नेता कार्यकर्ताहरूले सहीद वाग्लेको तस्बिरमा फुल तथा अबिर अर्पण गरेर स्मृति दिवसको प्रारम्भ गरिएका थिए ।
कार्यक्रमका अधिकांश वक्ताहरूले उहाँले मिटरब्याज पीडकहरुको विरुद्ध चाल्नु भएको कदमको खुलेर प्रशंसा समेत गरे । सहीद वाग्ले एक निडर र निष्ठावान् नेता रहेको भन्दै उहाँका अधुरा योजनाहरू सफल बनाउन पार्टीले अघि सर्नुपर्ने उहाँहरूको भनाई थियो । देशमा सामन्तको अवशेषको रुपमा रहेको मिटरब्याज पीडकहरूलाई अझै राज्यले कानुनी दायरामा ल्याउन नसकेको वक्ताहरुको भनाई छ ।
पार्टीका तत्कालीन जिल्ला इन्चार्ज समेत रहेका स्वर्गीय वाग्लेको २०७७ साल माघ २१ गतेका दिन रहस्यमय सडक दुर्घटनामा मृत्यु भएको थियो । तत्कालीन सरकारले चालेको प्रतिगमन बिरुद्दको आन्दोलन अन्तरगत बरहथवा बजारमा मसाल जुलुस सकेर पुर्व पश्चिम राजमार्ग तर्फ मोटरसाइकलमा आँउदै गरेका सहीद वाग्ले सवार मोटरसाइकल नयाँरोड–बरहथवा सडक खण्ड अन्तरगत मूर्तिया जङ्गलमा दुर्घटना ग्रस्त अवस्थामा फेला परेको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका स्थाई कमिटि सदस्य प्रल्हाद बुडाथोकी, जवाहरलाल कुशवाह, सुनिल बुडाथोकी, लेखराम जर्गामगर, नेत्री पद्मा मोक्तान, सरस्वती कुमारी मिश्र लगायतले उहाँको स्मरण गरेका कार्यक्रम सञ्चालक समेत रहेका नेकपा माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले जानकार दिए ।