Sunday, March 16, 2025

सर्लाही प्रहरीद्वारा महिना दिनमा ९५ फरार अभियुक्त पक्राउ

ताजा / भरखरै प्राप्त

मलङ्गवा–सर्लाही प्रहरीले विभिन्न मुद्दामा सजाय फैसला भएर फरार ९५ अभियुक्तलाई पक्राउ गरेको छ । 

जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयनका लागी गत माघ महिनामा मात्र ९५ जना अभियुक्तहरूलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । पक्राउ परेका अभियुक्तहरूबाट  कुल ६ वर्ष, ६ महिना, ६ दिनको कैद सजाय तथा र रु १६ लाख ९४ हजार ६ सय २९ रुपैयाँ जरिवाना असुल उपर गरिएको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

पक्राउ पर्ने मध्ये कतिपय अभियुक्तहरू लामो समयदेखि फरार रहेका व्यक्ति रहेको प्रहरीले जनाएको हो । सर्लाही जिल्ला अदालतबाट जारी गरिएको आदेश अनुसार निरन्तर खोजतलास तथा कानुनी प्रक्रिया अगाडि बढाइ फरार अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिए । साथै, फरार अभियुक्तहरूलाई खोजी तथा पक्राउ अभियानलाई अझ प्रभावकारी बनाइने उहाँको भनाई छ । 

यसैबीच प्रहरीले महिना दिनमा सर्लाहीबाट एक करोड बढीको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी तथा मातहतका इकाइहरुबाट भन्सार छलीका तथा शङ्कास्पद बिल बिजक भएका एक करोड ६ लाख २१ हजार २ सय २६ रुपैयाँ बराबरको सामाग्री बरामद गरी जिल्ला भन्सार मलङ्गवा र राजश्व अनुसन्धान पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । 
१२ थान मोटरसाइकल र १ थान मिनी ट्रक समेत बरामद भएको प्रहरीले जनाएको हो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles