बागमती– सर्लाहीको बागमतीमा जनयुद्ध दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
बिहीबार नगरपालिका परिसरमा सरसफाई गरेर जनयुद्ध दिवस मनाइएको पालिकाले जनाएको हो । नगरपालिकाका कर्मचारीहरुको उपस्थितीमा पालिका कार्यालय परिसर सरसफाई गरिएको नगरका कर्मचारी समेत रहेका सन्तोष गदालले जानकारी दिनुभयो । २०७९ साल फागुन एक गते पहिलो पटक जनयुद्ध दिवस मनाइएको थियो ।
जनयुद्ध दिवसको अवसर पारेर जिल्लाको बागमती र बलरा नगरपालिका तथा रामनगर गाउँपालिकाले आज एक दिन सार्वजनिक विदा समेत घोषणा गरेको छन् । राष्ट्रले प्राप्त गरेका हरेक परिवर्तन र व्यवस्थामा कुनै न कुनै राजनीतिक दलको भूमिका रहेको भन्दै, त्यसका खातिर ज्यान आहुती दिने ज्ञात अज्ञात सहित तथा युद्धको भुमरीमा आफुलाई समर्पित गर्ने योद्धाहरुको सम्मानमा दिवसको विदा दिइएको सूचनाहरुमा उल्लेख छ ।
सर्वजनिक विदा दिएका पालिका मातहतका सम्पूर्ण कार्यालयहरु, विद्यालय तथा संघ संस्थाहरु समेत बन्द रहने सूजनामा भनिको छ । दिवस हर्षउल्लासका साथ मनाउन समेत विदा घोषणा गरेका पालिकाहरुले अनुरोध गरेका छन् ।