हरिवन–नेकपा एमाले सम्बद्ध पत्रकार सङ्गठन प्रेस चौतारी नेपालको सर्लाही अध्यक्षमा पुन ः अच्युतम सापकोटा चयन भएका छन ।
शुक्रबार हरिवन नगरपालिका–८, सगुन सहकारी संस्थाको सभाहलमा सङ्गठनको ९ औँ जिल्ला अधिवेशन सम्पन्न भएको हो । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा पत्रकार महासङ्घको केन्द्रिय लेखा समिति संयोजक केसी लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सापकोटाकै अध्यक्षतामा आगामी कार्यकालको लागि कमिटी गठन गरेको हो ।
सापकोटाको अध्यक्षतामा गठित ९ सदस्य समितिको उपाध्यक्षमा मोहन ढुङ्गेल, महिला उपाध्यक्षमा रिना आले, सचिवमा सरोज चौधरी, सहसचिवमा सन्देश अधिकारी, कोषाध्यक्षमा आरती सेन्चुरी, सदस्यहरूमा सुभास यादव र कृष्ण जर्गा मगर चयन भएका छन् ।
यस्तै अधिवेशनले सङ्गठनको केन्द्रिय प्रतिनिधिमा राजु भुजेल र रिना आलेलाई चयन गरेको जिल्ला अध्यक्ष सापकोटाले जानकारी दिए ।
जिल्ला अध्यक्ष सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष विदुर प्याकुरेल, प्रेस चौतारी नेपालका मधेश प्रदेश सह इन्चार्ज, अच्युतम पौडेल, एमाले नेताहरू विभा नेपाल, केशव ढकाल, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासङ्घ सर्लाही अध्यक्ष ओम प्रकाश ठाकुर, निवर्तमान अध्यक्ष टङ्क क्षेत्री, चौतारी केन्द्रिय सदस्य रमेश तिमल्सिना, प्रेस चौतारी रौतहट अध्यक्ष अशोक पहाडी लगायतको आतिथ्यता रहेको थियो ।