हरिवन–सर्लाहीको हरिवनमा रहेको चेतना सन्देश नेपाल संस्थाले २१ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
शनिबार हरिवन नगरपालिका–५, घुर्कौलीमा संस्था द्वारा सञ्चालिन जनहित पञ्च ईशाका प्राथमिक विद्यालय प्रांगणमा सभा सम्पन्न गरिएको हो । संस्थाका व्यवस्थापक नबिन लामाले जानकारी दिए । संस्थाका अध्यक्ष सुरेन्द्र लामाको सभाध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
यस संस्थाले बालगृह र विद्यालय सञ्चालन गरिरहेको छ । संस्थाद्वारा सञ्चालित बालगृहमा द्वन्द्व पीडित ३० जना बालबालिकाले आश्रय लिइरहेका संस्थाका व्यवस्थापक लामाले बताए । संस्थाद्वारा सञ्चालित जनहित पञ्च ईशाका प्राथमिक विद्यालयमा कक्षा ७ सम्म २ यस ८० जना बालबालिकाहरू अध्ययनरत रहेका विद्यालय प्रशासनले जनाएको हो ।
विभिन्न संघ संस्था, सहयोगी व्यक्ति लगायतको सहायतामा आश्रित बालबालिकाहरुका लागि पठनपाठन, आवास तथा शैक्षिक सुविधा प्राप्त भएको संस्थाले जनाएको छ । सहयोगी मनहरूलाई साधारण सभाको अवसरमा अध्यक्ष लामाले धन्यवाद ज्ञापन गरे । विभिन्न द्वन्द्वमा परेका तथा अभिभावक गुमाएका बालबालिकाहरूलाई संस्थाले आश्रय दिदैँ आएको छ ।
संस्थाले साधारण सभाको अवसरमा संस्थाका पूर्व अध्यक्ष तथा पूर्व गाविस अध्यक्ष समेत रहेका पूर्ण बहादुर स्याङ्तानलाई सम्मान समेत गरेको थियो । सभामा हरिपुर नगरपालिका पूर्व मेयर जमरुदिन मन्सुर, हरिवन–५, का वडाध्यक्ष नागेन्द्र साह, हरिवन–६, वडाध्यक्ष सन्त घिसिङ, हरिपुर–८, का वडाध्यक्ष हरिबहादुर थापा, हरिपुर–९ का वडाध्यक्ष विश्वनाथ राय लगायतको आतिथ्यता रहेको थियो ।