Sunday, March 16, 2025

गणेश स्थानमा आयोजित महायज्ञमा ४९ लाख बढी सहयोग संकलन

ताजा / भरखरै प्राप्त

हरिवन–मन्दिर क्षेत्रको प्रवद्र्धन उद्देश्य सहित आयोजित श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञबाट सर्लाहीको हरिवनमा ठुलो धनराशी सङ्कलन भएको छ ।

हरिवन नगरपालिका–४, गणेश मन्दिर परिसरमा आयोजित ज्ञान महायज्ञमा ४९ लाख बढी दक्षिणा तथा सहयोग सङ्कलन भएको हो । गणेश मन्दिर यस क्षेत्रकै धार्मिक तीर्थ स्थलको रुपमा रहेको छ । मन्दिर परिसरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्य सहित आयोजित महायज्ञमा नगद र कबोल रकम गरी ४९ लाख बढी पुगेको समितिका अध्यक्ष केदार बस्नेतले जानकारी दिए ।

फागुन ७ गते कलश यात्रा गरी शुभारम्भ गरिएको महायज्ञको बिहीबार समापन गरिएको हो । महायज्ञमा अन्तिम दिन सम्म ४९ लाख बढी आर्थिक सङ्कलन भएको अध्यक्ष बस्नेतको भनाई छ । महायज्ञ आयोजना खर्चको हिसाब गर्न भने बाँकी रहेको उनले बताए । महायज्ञबाट सङ्कलित रकमबाट मन्दिर परिसरमा रहेको पोखरीमा बुढानीलकण्ठ भगवानको प्रतिमा शिलान्यास समेत गरिएको छ ।

महायज्ञ समापनको दिन उक्त भगवानको प्रतिमा तयार गर्ने गरी शिलान्यास गरिएको हरिवन–४, का वडाध्यक्ष केशव थापाले बताए । यस मन्दिर क्षेत्रको विकास, भौतिक संरचना निर्माण तथा धार्मिक गतिविधिका लागि हरेक वर्ष सप्ताह आयोजना हुँदै आएको छ । यस वर्षको महायज्ञ तुलनात्मक रुपमा भव्य भएको वडाध्यक्ष थापाले प्रतिकृया दिए ।

महायज्ञमा यस वर्षको नव कथा वाचिका योगमाया सखी बबिता बानियाँ (जेरी)ले सङ्गीतमय ढङ्गले कथावाचन गर्नु भएको थियो । उहाँको कथा वाचन शैली स्थानीय स्तरमा समेत अत्यधिक रुचाइएको आयोजक समितिले जनाएको छ । महायज्ञ स्थलमा सातै दिन भक्तजनहरूको उत्साहजनक उपस्थितिले आफूहरूलाई समेत उत्साह थपेको मूल आयोजक समिति अध्यक्ष बस्नेतले बताए ।

आयोजक समितिले महायज्ञ आयोजना प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबै प्रति आभार समेत प्रकट गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles