Sunday, March 16, 2025

अन्तर प्रदेश भलिबल : भैरवी दल, बड्कुर्वा र महोत्तरी विजयी

ताजा / भरखरै प्राप्त

हरिपुर–सर्लाहीको हरिपुरमा जारी अन्तर प्रदेश स्तरीय भलिबल प्रतियोगितामा भैरवी दल, सर्लाहीको बड्कुर्वा र महोत्तरी विजयी भएको छ । 

महाशिवरात्रिको अवसरमा हरिपुर नगरपालिका–७, चिताइनमा अन्तर प्रदेश स्तरीय तेस्रो मेयर कप पुरुष तथा प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता २०८१ भइरहेको हो । प्रतियोगिता अन्तरगत आज दोस्रो दिन तीन खेल सम्पन्न भएको कार्यक्रम सञ्चालक चेत नारायण धामीले जानकारी दिए । पहिलो खेलमा आयोजक सर्लाहीलाई २–० को सोझो सेटमा पराजित गर्दै नेपाल आर्मीको भैरवी दल गण पाचँ कुमारी विजयी भयो । 

यस्तै दोश्रो खेलमा बारालाई २–० को सोझो सेटमा पराजित गर्दै सर्लाही(सेतो) बड्कुर्वा विजयी भयो । भने, तेस्रो खेलमा स्वर्गीय पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौडालाई २–० को सोझो सेटमा पराजित गर्दै महोत्तरीको करुणा विजयी भएको आयोजक लक्ष्मीनाथ युवा क्लबका सल्लाहकार समेत रहेका कार्यक्रम सञ्चालक धामीले जानकारी दिए । 

प्रतियोगिता अन्तर भोलि दुई वटै सेमिफाइनल खेल हुने छ । सेमिफाइनल खेलमा महोत्तरीका करुणा र सर्लाही(सेतो) बड्कुर्वा तथा नेपाली सेनाको भैरवी दल पाँच कुमारी र मिथिला बिहारी धनुषा बिच प्रतिस्पर्धा हुने भएको छ । दुवै समुहबाट विजेता बनेका टिमले १८ गते फाइनल खेल खेल्ने आयोजक क्लबका अध्यक्ष नरहरि धामीले बताए । 

प्रतियोगिताका विजेता टिमले शिल्ड मेडल प्रमाण पत्र सहित एक लाख र उपविजेता टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । भने, विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कारको व्यवस्था गरिएको उनले बताए । प्रतियोगितामा सर्लाही, महोत्तरी, धनुषा, बारा, सिन्धुली, मकवानपुर र एक विभागीय गरी ९ वटा टिम सहभागी भएका छन् । 

यस्तै भोलि शनिबारबाट प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता समेत सुरु हुने भएको छ । प्रतियोगितामा सर्लाही, बारा, सप्तरी र महोत्तरीका गरी चार वटा महिला भलिबल टिम सहभागी हुने आयोजकले जनाएको हो । महिला तर्फको प्रतिस्पर्धी टिमबाट विजेताले १५ हजार नगद सहित शिल्ड मेडल प्रमाण पत्र र उपविजेता टिमले नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

महाशिवरात्रिको अवसरमा यहाँ विगत दुई दशक देखी भलिबल प्रतियोगिता आयोजना हुँदै आएको छ । जिल्ला स्तरीय, अञ्चल स्तरीय, क्षेत्र स्तरीय, प्रदेश स्तरीय हुँदै अहिले अन्तर प्रदेश स्तरीय भलिबल प्रतियोगिता आयोजना भई रहेको उनको भनाई थियो । केही समय पछि बाटै यसलाई राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताको रुपमा आयोजना गर्ने लक्ष्य रहेको क्लबका अध्यक्ष धामीले बताए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles