राजु तामाङ, हरिवन– सर्लाही टेम्पो चालक सङ्घले प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बिहीबार हरिवन नगरपालिका–११, मा आयोजित एक कार्यक्रमका बिच सङ्घको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको हो । मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यतामा सङ्घको वार्षिक साधारण सभा सम्पन्न गरेको सङ्घका अध्यक्ष टेक बहादुर मोक्तानले जानकारी दिए । साधारण सभाको अवसरमा सङ्घले विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरेको थियो ।
टेम्पो चालकहरूको हकहितको क्षेत्रमा विभिन्न कार्यक्रमहरू समेत गर्दै आएको यस सङ्घले सामाजिक काममा समेत योगदान पुर्याउँदै आएको छ । सङ्घले वार्षिक साधारण सभाको अवसरमा बागमती नगरपालिका–२, धरहरामा रहेको जनवाल कल्याण माध्यामिक विद्यालयको वृहत अक्षय कोषमा नगद २५ सय सहयोग समेत गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्क बहादुर बोहराले जानकारी दिए ।
कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरे, सलिको इन्स्योरेन्स हरिवनका म्यानेजर उत्तम थापा, सम्युक्त एम्बुलेन्स चालक सङ्घ सर्लाहीका अध्यक्ष देव कुमार लामा लगायतको आतिथ्यता रहेको थियो ।