लालबन्दी– सर्पदंश उपचार केन्द्र नवलपुरको सञ्चालक समिति अध्यक्षमा पुनः उद्धव पौडेल चयन भएका छन् ।
शनिबार केन्द्र प्रांगढमा सम्पन्न चौथो वार्षिक साधारण सभाले पौडेलको अध्यक्षतामा १५ सदस्य सञ्चालक समिति गठन गरेको हो । लालबन्दी नगरपालिकाका शाखा अधिकृत गोपाल थापाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको संस्थाले उल्लेख गरेको छ । यस नव गठित समितिले आगामी ३ वर्ष संस्था सञ्चालन गर्ने संस्थाले जनाएको छ ।
भेलाले संस्थाको उपाध्यक्षमा गङ्गा माया खड्का, सचिवमा पञ्चलाल यादव, सहसचिवमा शेखर कुमार दाश, कोषाध्यक्षमा नागेन्द्र चौधरी र बरिष्ठ सदस्यमा इस्किलाल पासवान र सदस्यहरूमा भरत कुमार घिमिरे, शान्ति थापा, फैमाज मिकरानी, दिनेश प्रसाद मैनाली, सोनेलाल चौधरी, पशुपति कुमार शर्मा, ईन्ददेवी चौधरी, लक्ष्मी महतो, लालपरी देवी चौधरी चयन भएका छन् ।
सभामा स्थानीय, सामाजिक व्यक्तित्वहरू, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी एवं बुद्धिजीवीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।