Monday, January 13, 2025

विश्व ब्रेल दिवसमा दृष्टिविहीन छात्रवास स्तरीय हाजिरी जवाफ सम्पन्न

ताजा / भरखरै प्राप्त

सर्लाही–आठौँ विश्व ब्रेल दिवस तथा ब्रेल लिपिका आविश्कारक लुइ ब्रेलको २१६ औँ  जन्म जयन्तीको अवसरमा दृष्टिविहीन छात्रावास स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ ।

शनिबार नेत्रहीन सङ्घ सर्लाहीको आयोजनामा भर्चुअल माध्यमबाट मधेश प्रदेश भरिको दृष्टिविहीन छात्रावास स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको हो । नेत्रहीन सङ्घ सर्लाहीका अध्यक्ष चन्देश्वर महतोको सभापतित्व तथा नेत्रहीन सङ्घ नेपाल केन्द्रीय कार्यालयका महासचिव कलाधर भण्डारीको प्रमुख आतिथ्यतामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो । 

प्रतिस्पर्धामा मधेश प्रदेश भरिका सातवटा विद्यालयबाट २५ जना प्रतियोगी सहभागी भएका थिए । प्रतियोगितामा भेरोकी माध्यमिक विद्यालय महोत्तरीका दृष्टिविहीन विद्यार्थी कन्हैया कुमार शाह प्रथम, नेपाल राष्ट्रिय मावि बाराकी न्यून दृष्टियुक्त विद्यार्थी रिङ्कु कुमारी चौधरी द्वितीय, सोही विद्यालयका दृष्टिविहीन विद्यार्थी इन्दल कुमार यादव तृतीय र सुरज पटेल चौथो हुन सफल भएका छन । 

उनीहरूलाई क्रमश दुई हजार, एक हजार ५ सय, एक हजार र ५०० नगद पुरस्कार स्वरूप प्रदान गरिने उक्त संस्थाका कार्यकारी सदस्य एवं कार्यक्रम सञ्चालक शिवेन्द्र कुमार यादवले जानकारी दिए । उक्त कार्यक्रममा प्रथम हुने प्रतियोगीलाई तोकिएको पुरस्कार अपाङ्गता संरक्षण नेपाल परिवारले उपलब्ध गराउने अध्यक्ष विरोध खतिवडा प्रतिबद्धता समेत व्यक्त गरे । 

कार्यक्रममा भर्चुअल माध्यमबाटै नेत्रहीन युवा सङ्घ नेपाल बारा शाखाका अध्यक्ष सुधीर चौधरी, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको पूर्व कोषाध्यक्ष विश्वनाथ ठाकुर, नेत्रहिन सघं सर्लाहीका प्रमुख सल्लाहकार लक्ष्मेश्वर महतो लगायतको आतिथ्यता रहेको थियो ।  

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles