Monday, January 13, 2025

मधेशी राष्ट्रिय मुक्ति मोर्चा बागमती नगर भेला सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती– नेकपा माओवादी केन्द्र निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाको बागमती नगर भेला सम्पन्न भएको छ ।

शुक्रबार बागमती नगरपालिका–४, जिरायतमा मधेशी राष्ट्रिय मुक्ति मोर्चाको नगर भेला सम्पन्न गरिएको हो । मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले मोर्चाको २५ सदस्य नगर कमिटी गठन गरेको हो । निवर्तमान अध्यक्ष शनिचर महतोकै अध्यक्षतामा नयाँ कमिटी गठन भएको मोर्चाले जनाएको हो । 

कमिटीको उपाध्यक्षमा विश्वनाथ महतो, सचिवमा कृष्ण देव महतो, कोषाध्यक्षमा अर्चना कुमारी महतो र अन्य सदस्यमा चयन भएका हुन । कार्यक्रममा नगरका १२ वटै वडाबाट मोर्चाका नेता तथा कार्यकर्ताहरू सहभागि भएका थिए । 

कुशवाहाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम भरत कुमार थापा, मधेशी मुक्ति मोर्चा नेपालका जिल्ला अध्यक्ष जय प्रकाश राय, नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष चित्रबहादुर तुम्सिङ, रामहरी कोइराला, तिलक मोक्तान, मिना कार्की, टङ्क बोहोरा गोकर्ण रूपाखेती लगायतको आतिथ्यता रहेको कार्यक्रम सञ्चालक नेकपा माओवादी केन्द्र बागमती नगर कमिटी सचिव हरि खड्काले जानकारी दिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles