Monday, January 13, 2025

बागेश्वरी साकोसको अध्यक्षमा कर्मचार्य निर्विरोध चयन

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा रहेको बागेश्वरी बचत तथा ऋण सहकारी संस्थको अध्यक्षमा देव कुमार कर्मचार्य दोहारिएका छन् ।

शनिबार सम्पन्न संस्थाको १२ औँ बार्षिक साधारण सभाले पुनः देव कुमार कर्मचार्यलाई अध्यक्षमा चयन गरेको हो । निवर्तमान अध्यक्ष रहेका कर्मचार्यको नेतृत्वमा संस्थाको ९ सदस्य सञ्चालक समिति गठन भएको हो । बागमती नगरपालिका–१२, का वडाध्यक्ष ओम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।

यस्तै सभाले संस्थाका उपाध्यक्षमा बद्रि कुमार खड्का, कोषाध्यक्षमा गौरीमान श्रेष्ठ, सचिवमा अर्जुन कडेल र सदस्यहरुमा उपकुमारी मुक्तान, लिलामणी ढकाल, लिलादेवी विश्वकर्मा, अम्बिका मैनाली र ढुण्डिराज खत्तिवडालाई सर्वसहमतीले चयन गरेको हो ।

यसैबिच सोही सभाबाट संस्थाको लेखा समिति संयोजकमा लम्बोदर काफ्ले र सदस्यहरुमा बिष्णु प्रसाद दहाल, बल बहादुर श्रेष्ठलाई चयन गरेको छ ।

यस संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा गरेको आर्थिक कारोवारको लेखा परीक्षण प्रतिवेदन समेत सभा समक्ष पेस गरिएको थियो । संस्थाले गत आर्थिक वर्षमा कुल ३ करोड २१ लाख ८८ हजार ४ सय २३ रुपैयाँ ६५ पैसा बराबरको कारोवार गरेर ७ लाख ६५ हजार ५ सय १४ रुपैयाँ १८ पैसा खुद मुनाफा आर्जन गरेको संस्थाकी व्यवस्थापक सुभद्रा पाण्डेले बताइन् । संस्थाले साधारण सभाको अवसरमा ज्यष्ठ सदस्य फुलमाया गुरुङ, असल बचत कर्ता नारायण प्रसाद पाण्डे र सफल व्यवसायी लोकेन्द्र केसीलाई सम्मान समेत गरेको थियो ।

सभामा बागमती नगरपालिका–११, का कार्यवाहक वडाध्यक्ष आइत बोट, शिक्षा प्रेमी कामदेव चौधरी, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधी, स्थानीय समाजसेवी लगायतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles