Monday, January 13, 2025

बस पल्टिएर किच्दा डिउटिमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

ताजा / भरखरै प्राप्त

बलरा–यात्रु बस पल्टिएर किच्दा सर्लाहीको बलरामा डिउटिमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । 

गएराती बलरा नगरपालिका–९, छतौना बिओपीमा डिउटिमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको तीब्र गतिमा रहेको बागमती प्रदेश ०१–००६ ख २००४ नम्बरको यात्रु बस पल्टिएर किच्दा मृत्यु भएको हो । तीब्र गतिमा रहेको उक्त बसले बिओपी अगाडि सडक राखेको ड्रमलाई ठक्कर दिदैँ पल्टिएर डिउटीमा खटिएका तुलाधरलाई थिचेको थियो ।

काठमाण्डौँ–सुदामा संचालन हूदै आएको राजदेवी यातायात बसले किचेर गम्भिर बनेका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमै ज्यान गएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए । ‘‘राती दुखद घटना भयो ।’’ उहाँले भन्नुभयो, ‘‘डिउटिमा रहनु भएको हाम्रो अफिसरलाई बस पल्टिएर किच्दा मृत्यु भएको छ ।’’ 

प्रहरीले घटना स्थलबाट बसका चालक सहित तीन जना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकार दिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles