राजु तामाङ, हरिवन–नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सर्लाहीको अध्यक्षमा पुनः घनश्याम बलम्पाकी चयन भएका छन् ।
बिहीबार सर्लाहीको हरिवन नगरपालिका–११, स्थित सामुदायिक रेडियो सर्लाहीको सभाहल सम्पन्न चौथो जिल्ला अधिवेशनले पुनः बलम्पाकीको अध्यक्षतामा ७ सदस्य कमिटी गठन गरेको हो । मधेश प्रदेश सभा सदस्य एवं निवर्तमान श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।
सङ्गठनका अधिकांश पदाधिकारीहरू दोहोराएका छन् । अधिवेशनले सङ्गठनको उपाध्यक्षमा रिना आले, सचिवमा राजु लो तामाङ, सहसचिवमा सलिना मगर, कोषाध्यक्षमा चन्द्र बहादुर जिम्बा तामाङ र सदस्यहरूमा राजेश मगर र सुमन लामा (सोनाम)लाई चयन गरेको छ । भने, केन्द्रीय प्रतिनिधिमा कृष्ण कुमार एस्माली र तेज नारायण आले चयन भएका छन् ।
कार्यक्रममा नेकपा एस सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा, फोनिजका केन्द्रीय विधान समिति सदस्य शङ्कर श्रेष्ठ, फोनिज मधेस प्रदेश निवर्तमान अध्यक्ष प्रमेश बादे, रेडियो सर्लाहीका अध्यक्ष भरत कुमार कार्की, नेकपा एस सर्लाहीका उपसचिव धन बहादुर मिक्चन, प्रेस सेन्टर नेपालका सर्लाही अध्यक्ष श्रवण थापा, प्रेस चौतारीका अध्यक्ष अच्युतम सापकोटा, पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष टङ्क बहादुर क्षेत्री, नेपाल तामाङ पत्रकार सङ्घ सर्लाहीका सहसचिव प्रदिप भोलन लगायतको आतिथ्यता रहेको थियो ।