Tuesday, January 14, 2025

खानेपानी तथा सरसफाइ उपभोक्ता समिति हरिवनको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवनमा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

आइतबार संस्थाको कार्यालय परिसरमा पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको संस्थाका अध्यक्ष प्रज्वल ढुङ्गानाले जानकारी दिए । मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थाको आर्थिक वर्ष २०८०÷०८१ को लेखा परीक्षण प्रतिवेदन समेत प्रस्तुत गरिएको कार्यक्रम सञ्चालक संस्थाका सचिव नवीन थापाले जानकारी दिए । 

यस संस्थाले गत आर्थिक वर्षमा कुल ५४ लाख ४ हजार ९ सय २२ रुपैयाँ ६६ पैसा कारोबार गरेर ११ लाख ६४ हजार ९ सय ७१ रुपैयाँ २६ पैसा खुद मुनाफा आर्जन गरेको संस्थाको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा कुल आम्दानीमा १३.५३ प्रतिशत र कुल नाफामा २४.१५ प्रतिशतले वृद्धि भएका संस्थाले जनाएको हो ।

संस्थाका अध्यक्ष समेत रहेका वडाध्यक्ष ढुङ्गानाले प्रभावकारी खानेपानी वितरणका लागि केही योजनाहरू समेत सभा समक्ष प्रस्तुत गरेका थिए । विगत लामो समय अस्तव्यस्त रहेको यस खानेपानी संस्थालाई पछिल्लो समय व्यवस्थित बनाउने कार्यमा सञ्चालक समिति लागि परेको अध्यक्ष ढुङ्गानाले दावी गरे । उनले तत्कालीन सञ्चालकले गरेका कार्यको अपजस आफूहरूमाथि थोपर्न नमिल्ने बताए । 

संस्थाको यस पहिलाको सञ्चालक समितिले गरेका कार्यहरू पारदर्शी नभएको तथा फर्छिउट हुन समेत बाँकी रहेको बताए । 

साधारण सभामा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, नगरपालिकाका प्रशासकीय अधिकृत प्रतीक कार्की, हरिवन नगरपालिका–९, का वडाध्यक्ष कोकिला नन्द उप्रेती, ७ का वडाध्यक्ष निरध्वज कार्की, ११ का वडाध्यक्ष शेष मेहबुब रेजा लगायतको आतिथ्यता रहेको संस्थाले जनाएको हो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles