Monday, January 13, 2025

३ दिने कार्यशाला गोष्ठी सम्पन्न : संस्थागत सुधारमा जोड 

ताजा / भरखरै प्राप्त

मनोज बख्रेल, लालबन्दी–ग्रामीण नारी उत्थान सङ्घले आफू मातहत कार्य गरिरहेका ५ वटा संस्था सँग ३ दिने संस्थागत क्षमता मूल्याङ्कन तथा विश्लेषण कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

गत मङ्गलबारबाट सुरु भएको कार्यशाला आज समापन गरिएको आयोजक ग्रामीण नारी उत्थान सङ्घ हरिपुरले जनाएको हो । ग्रामीण नारी उत्थान सँगले आफ्ना साझेदार संस्थाहरू मार्फत हरिपुर र ईश्वरपुर नगरपालिकामा बाल था जबरजस्ती हुने विवाह विरुद्ध बिभिन्न अभियान सञ्चालन गर्दै आएको छ । उक्त संस्थाको आन्तरिक अवस्था एवं क्षमता विश्लेषण र मूल्याङ्कन गर्ने उद्देश्य सहित दिनमा २ वटाका दरले सहभागि गराएर गोष्‍ठी सम्पन्न गरिएको हो ।

यस संस्थाले २० वर्ष भन्दा कम उमेरमा हुने विवाह तथा जबर्जस्ती रुपमा हुने विवाह अन्त्यका लागि सेभ द चिल्ड्रेनको साझेदारीमा सिइएफएम परियोजना  अन्तरगत कार्यक्रमहरू गरिरहेको छ । गत मङ्गलबार हरिपुरको लक्ष्मीनाथ युवा क्लब र नगरस्तरीय मुसहर महिला सशक्तीकरण सञ्जाल सँग गोष्ठी सम्पन्न भएको थियो । भने, बुधबार ईश्वरपुरकाे डुपुस नेपालको सहभागितामा कार्यक्रम गरिएको हो । 

यस्तै शुक्रबार(आज) ईश्वरपुरकै सिर्जनशील महिला क्लब र सामुदायिक विकासका लागि युवा सहभागिता नामक संस्था बिच कार्यशाला सम्पन्न गरिएको  परियोजनाकी संयोजक सिर्जना बस्नेतले जानकारी दिइन् । लालबन्दी स्थित होटल युनाइटेडमा ३ दिन सम्म चलेको कार्यशालामा सेभ द चिल्ड्रेन अन्तरगत सीइएफएम परियोजनाका स्रोत व्यक्ति शान्तिराम भण्डारी, रचना थापा चौधरी र संयोजक बस्नेतले सहजीकरण गरेका थिए । 

कार्यशालामा संस्था सञ्चालनको न्यूनतम योग्यता, आधारभूत आवश्यकता, मापदण्ड र अवलम्बन गर्नुपर्ने संस्थागत नीति नियम आदिका बारेमा वृहत छलफल र योग्यता मूल्याङ्कन तथा विश्लेषण गरिएको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए । परियोजनाले स्थानीय सङ्घ संस्थाहरू मार्फत नै कार्यक्रम सञ्चालन र कार्यन्वयन गरी सन् २०३० भित्र नेपाललाई पूर्ण बाल विवाह मुक्त घोषणा राज्यको लक्ष्य पुरा गर्ने योजना अनुसार काम गरिरहेको उनको भनाई छ ।

अविकसित एवं अल्पविकसित देशहरूमा प्रमुख समस्याको रुपमा रहेको बाल विवाह पछिल्लो समय सभ्य तथा सुसंस्कृत समाजको चुनौतीको विषय भएकाले यसका विरुद्ध डटेर लाग्नुपर्ने संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेले बताइन । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles