Monday, January 13, 2025

जनवालका ३२५ छात्रलाई शिरपोस र ३१० छात्रालाई रिबन

ताजा / भरखरै प्राप्त

बागमती–एक अभिभावकको सहयोगमा सर्लाहीको बागमती नगरपालिका स्थित धरहरामा रहेको सामुदायिक विद्यालयका छात्रछात्राहरूलाई शिरपोस र रिबन पहिराइएको छ ।

आइतबार बागमती नगरपालिका–२, धरहरामा रहेको श्री जनवाल कल्याण माध्यामिक विद्यालयका छात्रछात्राहरूलाई शिरपोस र रिबन वितरण गरिएको हो । सोही विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेका युवा व्यवसायी बागमती नगरपालिका–२, निवासी राम कुमार राउतको सहयोगमा ३१५ जना छात्रलाई शिरपोस (भादगाउले टोपी) र ३१० जना छात्राहरूलाई रिबन प्रदान गरिएको हो । 

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रम मार्फत विद्यार्थीहरूलाई भादगाउँले टोपी(शिरपोस) र रिबन पहिराइएको विद्यालय व्यवस्थापन समितका अध्यक्ष टंक बहादुर बोहराले जानकारी दिए । यो सँगै विद्यालयले छात्रहरूको विद्यालय पोसाकमा भादगाउँले टोपी अनिवार्य गरेको छ । भने, छात्राहरूको लागि समुह अनुसार फरक फरक रंगको रिबन कायम गरेको छ । 

यसले विद्यार्थीहरूका पठनपाठनमा उत्साह थपिने अपेक्षा गरिएको विद्यालयले जनाएको छ । विद्यालयले पठनपाठन सँग सँगै छात्रछात्राहरूलाई आफ्नो पोसाक तथा अनुशासन लगायतका गतिविधिमा समेत सचेत गराउँदै लगेको प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिए । यस किसिमका कार्यले एका तर्फ विद्यालयलाई प्रत्यक्ष प्रभाव पार्नुका साथै समाज र विद्यालयको सम्बन्धलाई जोड्ने कार्यमा समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण कुमार लामाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सामाग्री वितरण कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि, स्थानीय सामाजिक व्यक्तित्वहरू, अभिभावक विद्यालयका शिक्षक शिक्षिका, कर्मचारी, लगायतको उपस्थिति रहेको शिक्षक निर्मल तिमल्सेनाले जानकारी दिए । 

सोही कार्यक्रमका बिच उक्त सामाग्री सहयोग गर्ने विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेका व्यवसायी राउतलाई विद्यालयको तर्फबाट प्रशंसा पत्र सहित सम्मान समेत गरिएको थियो । एउटा अभिभावकको हैसियतले विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि सहयोग गर्न पाएको भन्दै राउतले खुसी समेत व्यक्त गरे । 

यस विद्यालयले सामाजिक सक्रियतामा विद्यालयका समग्र सुधारमा विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गर्दे आएको छ । विभिन्न सहयोगी दाताहरूको सहयोगमा विद्यालयमा स्मार्ट बोर्ड खरिद देखी विद्यार्थीहरूको लागि पोसाक तथा अन्य शैक्षिक गतिविधिहरू समेत सञ्चालन गरिएको विद्यालय प्रशासनले जनाएको हो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles