Monday, January 13, 2025

२२० बोरा युरिया सहित ट्रक प्रहरी नियन्त्रणमा

ताजा / भरखरै प्राप्त


लालबन्दी–सर्लाहीको लालबन्दीबाट प्रहरीले अवैध युरिया मल सहित ट्रक नियन्त्रणमा लिएको छ । 

बुधबार जिल्लाको लालबन्दी नगरपालिका–१, स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले २ सय २० बोरा अवैध रासायनिक मल बरामद गरेको हो । नियमित चेक जाँचका क्रममा प्रदेश–०३–००१ ख १६०० नम्बरको ट्रकमा लोड गरेर लालबन्दीबाट नवलपुर तर्फ लैजाँदै गरेको अवस्थामा मल खाद बरामद गरेको प्रहरीले जनाएको हो । 

चेक जाँचको क्रममा युरियाको बोरामा नेपाल सरकारबाट अनुदानित रासायनिक मल (आपुर्तिकर्ता) इन्डियन पोटास लिमिटेड चेन्नाई लेखिएको फेला परेको छ । मलखाद सँग कुनै किसिमको बिल बिजक समेत फेला नपरेको प्रहरीले जनाएको हा । उक्त युरिया शङ्कास्पद देखिएकोले आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles