राजु तामाङ, हरिवन–सर्लाहीको हरिवन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रतीक कार्कीले पाएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत मंसिर २८ गते कार्कीलाई हरिवन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । यस पहिलाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटाको बागमती प्रदेश सरकार मुख्यमन्त्री कार्यालयमा सरुवा भए पछि कार्कीले नै निमित्त प्रमुख प्रशासकीयको रुपमा कार्यभार सम्हालेका थिए ।
मन्त्रालयले तत्काल उपसचिव पठाउन नसकेकोले सातौँ तह लेखा अधिकृतको रुपमा कार्यरत कार्कीलाई नै निमित्तको रुपमा नगरपालिकाको बैठकबाट जिम्मेवारी दिइएको थियाे। नगर कार्यपालिकाले निर्णय गरेर पठाए अनुसार मन्त्रालयले कार्कीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको नगर प्रमुख रमेश बुढाथोकीले बताए ।
कार्कीले सम्हाल्दै आएको लेखा अधिकृतकाे जिम्मेवारी लेखापाल शेष अख्तर रजाले पाएका छन । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका कार्की हरिवन–१०, निवासी स्थानीय समेत हुन ।