Tuesday, January 14, 2025

स्कुटर ट्याक्टरमा ठोक्किँदा नगर प्रहरीको मृत्यु, एक जना घाइते

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवनमा गएराती स्कुटर ट्याक्टरमा ठोक्किँदा नगर प्रहरीको मृत्यु भएको छ । भने, एक जना घाइते भएका छन् । 

गएमध्यराती पूर्व पश्चिम राजमार्ग स्थित हरिवन नगरपालिका–९, नोचामा ट्याक्टरमा स्कुटर ठोक्किँदा हरिवन नगरपालिका–८, निवासी २५ वर्षीय कवि रिखाम मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर किशोर तामाङले जानकारी दिए । मृतक मगर हरिवन नगरपालिकामा नगर प्रहरीको रुपमा कार्यरत रहेको नगरपालिका कार्यालयले जनाएको छ । 

मगरको मृत्युमा नगरपालिकाले आज शोक बिदा समेत घोषणा गरिएको छ । प्रहरीका अनुसार मगरले चलाएको बागमती प्रदेश ०२–०२८ प ६५०८ नम्बरको स्कुटर इन्दुशङ्कर चिनी उद्योगमा उखु पुर्‍याएर फर्किएको ना ६ त ३०५० नम्बरको ट्याक्टरको पछाडि ठोकिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मगरको उपचारको क्रममा बाराको न्युरो अस्पतालमा मृत्यु भएको हो । 

यस्तै सोही दुर्घटनामा गम्भिर घाइते भएका हरिवन नगरपालिका–८, निवासी करिब ४० वर्षीय रामजी बस्नेतको न्यूरोमै उपचार भइरहेको छ । बस्नेत स्कुटरको पछाडि सवार रहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो । उहाँको खुट्टाको पैताला र डाढमा चोट लागेको छ । दुर्घटनापछि प्रहरीले ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles