Monday, January 13, 2025

सर्लाहीको बलरा स्थित गढिमाई मेला स्थलबाट दुई थान पेस्तोल सहित युवक पक्राउ

ताजा / भरखरै प्राप्त

बलरा–सर्लाहीको बलरा नगरपालिका स्थित मिर्जापुरबाट दुई थान पेस्तोल सहित एक युवकलाई पक्राउ गरिएको छ । 

आइतबार साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका छोरा अन्दाजी १८ वर्षका गोलु भनिने अमरजित कुमार सहानीलाई दुई थान पेस्तोल सहित प्रहरीले पक्राउ गरेको हो । गाउँ नजिकै मिर्जापुर टोलमा लागिरहेको गढिमाई मेला स्थलमा हतियार देखाएर झैझगडा गर्दै हिँडेको अवस्थामा इलाका प्रहरी कार्यालय बलराका प्रहरी वरिष्ठ नायब निरीक्षक दिपेन्द्र मल्लको टोलीले सहनीलाई पक्राउ गरेको हो ।

प्रहरीले चेक जाँचको क्रममा सहनीको साथबाट एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद गरेको हो । बरामद पेस्तोल सहित युवकलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । युवकको साथबाट बरामद हतियारको गोली लगायतको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

जिल्लामा बरहथवा, हरिपुर, कबिलासी, रामनगर र बलरामा गरेर झण्डै आधा दर्जन स्थानमा गढिमाई मेला लागि रहेको छ ।   

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles