Tuesday, January 14, 2025

सर्लाहीको गोडैताबाट सेतो हिरोइन सहित दुई जना पक्राउ

ताजा / भरखरै प्राप्त

गोडैता–सर्लाही प्रहरीले गोडैताबाट सेतो हिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ ।

गत बुधबार गोडैता नगरपालिका–१२, मधुवनीबाट ५२ ग्राम ५ सय १० मिलिग्राम लागू औषध सेतो हिरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेकोले पक्राउ परेकाहरूको नाम ठेगाना प्रहरीले गोप्य राखेको छ । घटना गत बुधबारको भएपनि प्रहरीले ढिला गरी सार्वजनिक गरेको हो ।

प्रदेश ०३–००५ प ५२६२ नम्बरको मोटरसाइकलमा सीमावर्ती क्षेत्र भारतको मेजरगञ्जबाट नेपालको मधुवनी आँउदै गरेका उनीहरूलाई विशेष सूचनाको आधारमा हिरोइन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट नगद ३३ हजार ३ सय २० रुपैयाँ नगद र दुई थान मोबाइल फोन समेत बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी लागूऔषध मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles