Monday, January 13, 2025

वडाध्यक्ष महतोको निधनमा बसवरियामा शोक बिदा

ताजा / भरखरै प्राप्त

बसवरिया–बसवरिया गाउँपालका–३, का वडाध्यक्ष नन्दलाल महतोको निधनमा गाउँपालिकाले शोक बिदा घोषणा गरेको छ । 

बिहीबार बिहान सूचना जारी गर्दै गाउपालिका अध्यक्ष राम सिहासन रायले आज एक दिन नगर मातहतका सम्पूर्ण संघसंस्था बन्द रहने बताएका हुन् । गाउँपालिका अध्यक्ष रायले हस्ताक्षर गरेको सूचनामा वडाध्यक्ष महतोको निधनले मर्माहत भएको भन्दै सिङ्गो गाउँपालिकालाई अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन । 

महतो लामो समय देखी लिभर सम्बन्धी स्वास्थ्य समस्याबाट ग्रसित थिए । उनको बुधबार भरतपुर स्थित अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको हो । नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका महतो, तत्कालीन भवानीपुर गाविसका अध्यक्ष र २०७४ र ०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । 

महतोको निधनमा पार्टीका विभिन्न व्यक्तिहरूले समेत श्रद्धाञ्जली अर्पण गरेका छन् । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles