Tuesday, January 14, 2025

लोकतान्त्रिक तामाङ सङ्घ नेपालको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न

ताजा / भरखरै प्राप्त

राजु तामाङ, काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी एमाले सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको घटक लोकतान्त्रिक तामाङ सङ्घ नेपालले केन्द्रीय पदाधिकारी बैठक सम्पन्न गरेको छ ।

सोमबार लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको कार्यालय बानेश्वर काठमाडौँमा सङ्घको सातौँ केन्द्रीय पदाधिकारी बैठक सम्पन्न गरेको हो । पार्टीको स्थायी कमिटी सदस्य समेत रहेका लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका केन्द्रीय इन्चार्ज तथा पूर्व मन्त्री थममाया थापा मगरको प्रमुख अतिथिमा बसेको बैठकले दुईवटा महत्त्वपूर्ण निर्णय समेत गर्यो ।

बैठकले सङ्घका केन्द्रीय अध्यक्ष दावा दोर्जे लामा बागमती प्रदेश पार्टी कमिटीको उपाध्यक्ष भएपछि कार्य व्यस्तता बढेको भन्दै सातौँ बैठकबाट केन्द्रीय उपाध्यक्ष खड्ग बहादुर बोम्जनलाई सङ्घको कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको छ । मंसिर २८ र २९ गते काठमाडौंको चाबहिल स्थित सरस्वती नगरमा रहेको ए–वान पार्टी प्यालेसमा आयोजना हुन लागेको लोकतान्त्रिक आदिवासी महिलाहरूको राष्ट्रिय भेलामा सङ्घको तर्फबाट सक्रिय उपस्थिति जनाउने निर्णय गरेको हो । 

आदिवासी महिलाहरूको राष्ट्रिय भेलामा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा विशेष सम्बोधन रहने सङ्घका केन्द्रीय महासचिव कृष्ण लो तामाङले जानकारी दिए । राष्ट्रिय भेलामा प्रत्येक जनवर्गीय  सङ्गठनबाट ठुलो सङ्ख्यामा नेता कार्यकर्ता उपस्थित गराउने समेत निर्णय गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles