Tuesday, January 14, 2025

लालबन्दीमा नेपाली काँग्रेसको क्षेत्रिय भेला सम्पन्न

ताजा / भरखरै प्राप्त

लालबन्दी–नेपाली काँग्रेस लालबन्दी नगरपालिका अन्तरगत क्षेत्रीय प्रतिनिधि भेला सम्पन्न भएको छ । 

आइतबार लालबन्दी नगरपालिका–१३ को वडास्तरीय सङ्गठनलाई थप सुदृढ बनाउने उद्देश्य सहित क्षेत्रिय कार्य समिति बैठक एवं भेला सम्पन्न गरिएको हो । भेलाले विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको जनाएको छ । नेपाली कांग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि दीपक अधिकारीको विशेष उपस्थिति तथा वडा सभापति सन्तबहादुर रखालको सभापतित्वमा भेला सम्पन्न भएको हो ।

भेलाले  बिभिन्न  सन्दर्भमा आवश्यक निष्कर्ष निकाल्नुका साथै वडास्तरीय सङ्गठनलाई बलियो बनाउने उद्देश्यले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको जनाएको छ । नेपाली काङ्ग्रेसका कृयासिल सदस्यता नवीकरण अभियानलाई प्रमुखताका साथ सञ्चालन गर्ने लगायतका दर्जन बढी निर्णय गरेको छ । भेलाकै क्रममा आफ्नो धारणा राख्दै महाधिवेशन प्रतिनिधि दीपक अधिकारीले सङ्गठन बलियो बनाउन वडास्तरीय सक्रियता अनिवार्य रहेको धारणा व्यक्त गरे । 

वडा अध्यक्ष शिवकृष्ण वैधले स्थानीय तहमा काङ्ग्रेसको प्रभाव बढाउन यस प्रकारका क्रियाकलापको महत्त्व रहेको बताए । सङ्गठनमा फुटेर होइन जुटेर अगाडि बढ्नु जरुरी रहेको उनको तर्क थियो । नेविसङ्घ केन्द्रीय सदस्य मनोज बख्रेलले युवा सहभागिता र नेतृत्वका लागि थप पहल गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाली काङ्ग्रेस महासमिति सदस्य योगराज देवकोटाले दलको नाममा जनप्रतिनिधि जितेका सबैले दलको घोषणापत्र र बोलेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए । 

क्षेत्रीय सभापति हरि लुङ्गेलीले आगामी दिनमा एकताका साथ साङ्गठनिक गतिविधि सञ्चालन हुने विश्वास व्यक्त गरे । आपसी सौहार्दता कायम गरि सङ्गठनको व्यवस्थापनमा लाग्नुको विकल्प नरहेको बताए । सहभागी नेताहरूले भेलाले पार्टीलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 

भेलामा नेपाली काङ्ग्रेसका महासमिति सदस्य, पूर्व मन्त्री एवं संविधान सभा सदस्य शम्भुलाल श्रेष्ठ, क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेली, महासमिति सदस्य योगराज देवकोटा र नेविसङ्घ केन्द्रीय सदस्य तथा जय नेपाल फाउन्डेसन र बिपि कोइराला युवा नेतृत्व विकास मञ्चका सर्लाही अध्यक्ष मनोज बख्रेल लगायतको उपस्थिति रहेको थियो । 

गत मङ्सिर ९ गते सम्पन्न क्षेत्रिय कार्यसमिति बैठकको निर्णयानुसार नगरका विभिन्न वडाहरूमा सङ्गठन सुदृढिकरणको लक्ष्य सहित बैठक तथा भेला भइरहेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles