लालबन्दी–नेकपा एकीकृत समाजवादी पार्टीको लालबन्दी नगर कमिटी गठन भएको छ ।
शनिवार पार्टीका जिल्ला इन्चार्ज रवीन्द्र बैठाको प्रमुख आतिथ्यतामा आयोजित नगर भेलाले नगर कमिटीका निवर्तमान सचिव रहेका बज्रमणि लामा अध्यक्षतामा ५५ सदस्य नगर कमिटि गठन गरेको सञ्चालक शशी देवकोटाले जानकारी दिए । कमिटी उपाध्यक्षमा टङ्क काफ्ले, सचिवमा ईश्वर ढुङ्गेल, सहसचिवमा गौरी पुलामी र जलसिंह पासवान तथा अन्य सदस्यमा चयन गरिएको पार्टीले जनाएको छ ।
पार्टी नगर कमिटीको निवर्तमान सचिव रहेका लामाको अध्यक्षतामा भएको भेलामा पोलिटब्यूरो सदस्य बेची लुंगेली र जिल्ला अध्यक्ष सुरेन्द्र लामाको विशिष्ट आतिथ्यता रहेको थियो । भने, अन्य नेता तथा कार्यकर्ताहरूको समेत ठुलो सङ्ख्यामा उपस्थिति रहेको पार्टीले उल्लेख गरेको छ ।