Monday, January 13, 2025

मोटरसाइकल आपसमा ठोक्किँदा चालकको ज्यान गयो

ताजा / भरखरै प्राप्त

सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बयलबासमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक पुरुषको मृत्यु भएको छ ।

गएराती जिल्लाको ईश्वरपुर नगरपालिका–७, स्थित बयलवास–बवरगञ्ज सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किएको हो । दुर्घटनामा खोरिया टोलबाट बयलबास तर्फ जाँदै गरेको ना ३९ प ७१६८ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१० बस्ने ५० वर्षका राजेश चौधरी रहेको मृत्यु भएको प्रहरीले जनाएको हो ।

दुर्घटनामा परेर घाइते भएका चौधरीको प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको हो । यस्तै सोही दुर्घटनामा विपरित दिशाबाट आँउदै गरेको भारतीय बिआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका–९, खोरीयाटोल बस्ने ३७ वर्षका सुशील कुमार राय दनुवार पनि घाइते भएका प्रहरीले जनाएको छ ।

उनको दाया आँखा र हातमा चोट लागेको अवस्थामा सिद्विविनायक अस्पताल बयलबासमा उपचार भइरहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको छ । मृतकको शव परिक्षण पश्चात आफन्तको जिम्मा लिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles