सर्लाही–सर्लाही प्रहरीले मंसिर महिनामा मात्र पौने २ करोड बढीको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार मंसिर महिनामा मात्र प्रहरीले एक करोड ९५ लाख ८४ हजार एक सय ८६ रुपैयाँ बराबरको भन्सार छलीका सामाग्री नियन्त्रणमा लिएको हो । प्रहरीले चेक जाँचका क्रममा जिल्लाका विभिन्न स्थानबाट राजश्व छली गरेका, प्रज्ञापन पत्र नभएका, बिल बिजक जारी नभएका, बिल बिजक फरक परेका सामाग्रीहरू बरामद गरेको हो ।
बरामद सामानहरूमा लत्ता कपडा, खाद्यानन्न सामाग्रीहरू, मोटरका स्पेयर पार्टहरु, इलेक्ट्रोनिक्स सामानहरू तथा सवारी साधन समेत रहेको प्रहरीले जनाएको छ । बरामद सामाग्री ढुवानीमा प्रयोग भएका सवारी साधन तथा त्यसका चालक समेतलाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार र पथलैया स्थित राजश्व अनुसन्धान कार्यालय पठाएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।