राजु तामाङ, बागमती–सर्लाहीको बागमतीमा रहको बागमती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन : बहादुर सिंह खड्का चयन भएका छन् ।
शुक्रबार बागमती नगरपालिका–४, स्थित जिरायत बजारमा आयोजित छैठौँ वार्षिक साधारण सभाले पुन : खड्काको अध्यक्षतामा ९ सदस्य सञ्चालक समिति चयन गरेको हो । सभाको प्रमुख अतिथि मधेश प्रदेश सभाका सदस्य जवाहरलाल कुशवाहाले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
यस्तै सभाले साकोसको सञ्चालक समिति उपाध्यक्षमा माधव प्रसाद त्रिपाठी, सचिवमा मिना कुमारी कार्की, कोषाध्यक्षमा शारदा कुमारी खड्का र सदस्यहरूमा रामबाबु दाश, सिमा कुमारी लामा, लाल कुमारी वाइबा, नितु बिक, रिता कुमारी देवी महतो चयन भएका छन् ।
यस्तै संस्थाको विभिन्न उपसमितिहरू सञ्चालक समितिको बैठकबाट गठन गर्ने समेत सभाले निर्णय गरेको जनाएको छ । यस समितिले आगामी तीन वर्षको लागि संस्था सञ्चालन गर्ने छ ।
यस्तै सभामा संस्थाको विभिन्न प्रतिवेदनहरू समेत प्रस्तुत गरिएको थियो । लेखा प्रतिक्षण प्रतिवेदन अनुसार यस बागमती बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा १३ करोड ८० लाख ३३ हजार एक सय १० रुपैयाँ बराबरको कुल कारोबार गरी एक लाख ७४ हजार ९ सय ७५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
सभामा भरत कुमार थापा, नगरको कार्यवाहक मेयर कृष्ण बहादुर लामा, बागमती नगर शिक्षा शाखा संयोजक राजकुमार विश्वकर्मा, बागमती नगरपालिका–२, का वडाध्यक्ष टेक बहादुर बल, बागमती–८, का वडाध्यक्ष डम्बर बहादुर कार्की लगायतको आतिथ्यता रहेको संस्थाले जनाएको हो ।