Monday, January 13, 2025

बागमतीमा विद्यालयलाई प्राथमिक उपचार सामाग्री वितरण

ताजा / भरखरै प्राप्त

बागमती-सर्लाहीको बागमतीमा विद्यालयहरूलाई प्राथमिक उपचारका सामाग्री वितरण गरिएको छ ।

बुधबार बागमती नगरपालिका सभाहलमा आयोजित एक कार्यक्रमका बिच विद्यालयहरूलाई उपचार सामाग्री वितरण गरिएको हो । ख्रीष्टमसको अवसरमा बागमती नगर ख्रीष्टियन समाजले शुभकामना आदानप्रदान तथा उपचार सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको समाजका अध्यक्ष अमर थापाले जानकारी दिए । 

विषेश अवसरमा नगरमा रहेका २५ वटा सामुदायिक विद्यालयहरूलाई प्राथमिक उपचार सामाग्री (फस्ट एड किट) वितरण गरिएको समाजले जनाएको छ । नगर भरीका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक तथा अन्य विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । 

समाजले ख्रीष्टमसको अवसरमा सानो भएपनि सामाजिक कार्य गर्ने योजना अनुसार उक्त सामाग्री वितरण गरेको समाजका उपाध्यक्ष धनलाल थोकरले बताए । कार्यक्रमका वक्ताहरूले धार्मिक सहिष्णुता कायम गरी समाजलाई सुन्दर बनाउनु पर्ने भन्दै ख्रीष्टमसको शुभकामना समेत व्यक्त गरे । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles