Tuesday, January 14, 2025

फरक क्षमताका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

ताजा / भरखरै प्राप्त

हरिवन–जननी शैलेश फाउण्डेसनले सर्लाहीको हरिवनमा रहेको एक विद्यालयका फरक क्षमताका बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ । 

आइतबार एक कार्यक्रमका बिच हरिवन नगरपालिका–९, विष्णुपुरमा रहेको प्राथमिक विद्यालय विष्णुपुरमा अध्ययनरत २७ जना फरक क्षमताका बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । सामाजिक तथा राजनीतिक व्यक्तित्व भरत कुमार कार्कीको नेतृत्वमा उक्त विद्यालयका बालबालिकाहरूलाई उपयोगी हुने विभिन्न सामाग्री वितरण गरिएको फाउण्डेसनका युवराज भण्डारीले जानकारी दिए । 

शिक्षाबाट कसैले बञ्चित हुन नपरोस् भन्ने उद्देश्य सहित यस फाउण्डेसनले विभिन्न विद्यालयका बालबालिकाहरूलाई शैक्षिक सामाग्रीहरू वितरण गर्दै आएको छ । फाउण्डेसनका संरक्षक धनराज बुढाथोकी, शिक्षक द्वय राजन कार्की, डिल्ली रमण भट्टराई, युवा व्यक्तित्व रञ्जित धमला, सिद्धार्थ ओली, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक विद्यार्थी लगायतको उपस्थितिमा ३५ हजार बराबरको सामाग्री वितरण गरिएको फाउण्डेसनले जनाएको हो ।

फाउण्डेसनका संस्थापक अध्यक्ष समेत रहेका हाल अमेरिकामा रहेका हरिवन निवासी शैलेश मैनालीको सक्रियतामा उक्त सामाग्री प्राप्त भएको हो । यस जननी शैलेश फाउण्डेसनले निरन्तर सामाजिक कार्यहरू सञ्चालन गर्दै आएको छ । विद्यालयका बालबालिकाहरूकाे लागि खेलकुद तथा शैक्षिक सामाग्री सहयोग गरेको भन्दै विद्यालय परिवारले फाउण्डेसन प्रति आभार समेत व्यक्त गरेको छ । 
 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles