Monday, January 13, 2025

प्रदेश स्तरीय युवा सम्मेलन ढल्केबरमा सम्पन्न

ताजा / भरखरै प्राप्त

धनुषा–लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत धनुषाको ढल्केबरमा युवा सम्मेलन सम्पन्न भएको छ । 

सोमबार आयोजित सम्मेलन लैङ्गिक हिंसा विरुद्धको १६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । यस सम्मेलनले युवाहरूलाई लैङ्गिक हिंसा अन्त्यका लागि सक्रिय रूपमा अघि बढ्न प्रेरित गर्ने आयोजकको अपेक्षा छ । सहयोगी समाज नेपालको आयोजनामा मधेस प्रदेश स्तरीय युवा सम्मेलन २०८१ सम्पन्न भएको हो । 

युरोपियन युनियनको आर्थिक सहयोग, हेल्भेटास नेपालको समन्वय, मधेस प्रदेश युवा सञ्जाल र खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहकार्यमा सम्मेलन आयोजना गरिएको सहयोगी समाज नेपालका अध्यक्ष हरि थापाले जानकारी दिए । सम्मेलनमा मधेस प्रदेशका आठ जिल्लाबाट ३५ जना युवा युवतीको सहभागिता रहेको थियो । 

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल)को प्रमुख अतिथ्यतामा सम्पन्न सम्मेलनलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयकी श्री निशा कर्ण र मधेस प्रदेश युवा सञ्जालका अध्यक्ष मो. नयिम राइनले सम्बोधन गरे । कार्यक्रममा सहयोगी समाज नेपालका अध्यक्ष थापाले सम्मेलनले युवाहरूलाई सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि प्रेरित गर्ने उल्लेख गरे । 

सम्मेलन मधेस प्रदेशमा लैङ्गिक हिंसा विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन कोशेढुङ्गा सावित हुने उनको विश्वास छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles