राजु तामाङ, बागमती–सर्लाहीको बागमतीमा जारी प्रथम जिरायत कप जिल्ला स्तरीय फुटबल प्रतियोगिता अन्तरगतको खेलमा आज अन्तिम क्वाटरफाइनल र पहिलो सेमिफाइनल प्रतिस्पर्धा हुने भएको छ ।
सोमबार हुने पहिलो खेल तथा प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा महाकाली युवा क्लब लालबन्दी र किस्मत युवा क्लब बागमती–५, बिच प्रतिस्पर्धा हुने भएको हो । महाकाली युवा क्लब लालबन्दी सुनौलो बिहानी युवा क्लब राजघाट र लालीगुँरास युवा क्लब बरहथवालाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । भने, किस्मत युवा क्लब बागमती दुई खेल बाइ पाएर सिधै क्वाटर फाइनलमा पुगेको हो ।
दुई बिचको प्रतिस्पर्धाका विजेता टोली अन्तिम चारमा प्रवेश गर्ने छन् ।
यस्तै आजको दोस्रो खेल तथा प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आरएफसी हरिवन र रतनपुर युनाइटेड युथ क्लब बारा बिच प्रतिस्पर्धा हुने भएको छ । आरएफसी हरिवन महावीर जनता माध्यामिक विद्यालय हरिपुर र समृद्ध नेपाल युवा क्लब जुअवा कोहल्वी बारा तथा क्वाटर फाइनल खेलमा आयोजक(ए) टिमलाई पराजित गरी अन्तिम चारमा प्रवेश गरेको हो ।
यस्तै अर्को पतिस्पर्धी रतनपुर युनाइटेड युथ क्वब बारा जुनतारा युवा क्लब डावरी र क्वाटरफाइनलमा टुटेश्वर युवा क्लब बर्दिवासलाई पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो । यस खेलको विजेता टोलीले कम्तिमा उपाविजेताको उपाधि रक्षा गर्ने छन् ।
बागमती नगरपालिका–४, स्थित ॐ युवा क्लबको खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत भोलि मङ्गलवारको अन्तिम सेमिफाइनल खेलमा बागमती फुटबल एकेडेमी बागमतीले आजको हुने अन्तिम क्वाटरफाइनका प्रतिस्पर्धी महाकाली युवा क्लब र किस्मत युवा क्लब बागमती–५ बिचको विजेता सँग प्रतिस्पर्धा गर्ने छ ।
मंसिर २० गते फाइनल हुने खेलको विजेता टोलीले नगद ५० हजार ५१ रुपैयाँ सहित प्रथम जिरायत कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले नगद २५ हजार ५१ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष जित बहादुर विश्वकर्माले जानकारी दिए ।
‘‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’’ भन्ने नारा सहित स्थानीय स्तरमा खेल क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनको उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएका हो ।