Monday, January 13, 2025

प्याब्सन हरिवन नगर कमिटी अध्यक्षमा पाख्रिन चयन

ताजा / भरखरै प्राप्त

राजु तामाङ, हरिवन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) हरिवन नगर कमिटिको अध्यक्षमा बुद्ध कुमार पाख्रिन चयन भएका छन् ।

शनिबार सर्लाही लालबन्दीमा सम्पन्न एरिया ’बी’ अन्तर्गत हरिवन नगरपालिकाको तेस्रो अधिवेशनले पाख्रिनको अध्यक्षतामा पाँच सदस्य नयाँ समिति गठन गरेको हो । प्याब्सन मधेस प्रदेशका सहसचिव मनोज थापाको प्रमुख आतिथ्यता लालबन्दी–१३ स्थित दिपा होटल पत्थरकोटमा नगरको तेस्रो अधिवेशन सम्पन्न गरेको हो ।

नव गठित समितिको सचिवमा सागर आचार्य, कोषाध्यक्षमा प्रवेश पोख्रेल र सदस्यहरूमा नारायण साह र राजकुमार मैनाली चयन भए । संस्थाको निवर्तमान अध्यक्ष सुदर्शन पोख्रेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा निजी विद्यालय सञ्चालकहरू एनटी. लामा, पशुपति दाहाल, दिल बहादुर फुयाल, भक्त बहादुर वाइबा, भोला घिमिरे, माधव प्रसाईँ लगायतको आतिथ्यता रहेको थियो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles