बलरा–सर्लाहीको बलरा नगरपालिकाका पूर्व वडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा निधन भएको छ ।
बलरा नगरपालिका–४, निवासी झाको बिहीबार बिहान घरमै निधन भएको हो । पूर्व वडाध्यक्ष झाको निधनमा वडा कार्यालयले शोक विदा समेत घोषण गरेको छ । पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय झा २०४९ सालमा भएको स्थानीय निर्वाचनमा बलरा गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।
२०७४ मा सम्पन्न स्थानीय तह चुनावमा उहाँ नेपाली काङ्ग्रेसको तर्फबाट बलरा नगरपालिका–४, को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । स्वर्गीय झा बलरा क्षेत्रमा लोकप्रिय नेताको रुपमा परिचित थिए । उनको निधनले बलरा नगर क्षेत्रमा अपुरणीय क्षति पुगेको वडाध्यक्ष मनी भुषण सिंहले जारी गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ ।
उनको निधनमा सर्लाही क्षेत्र नम्बर ४ का सांसद डा. अमरेश कुमार सिंह लगायतले वक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन । त्यस्तै महिला आयोगकी सदस्य विद्या सिन्हा, जिल्ला समन्वय समितिका अध्यक्ष कौशल किशोर सिंह, बलरा–३, का वडाध्यक्ष आनन्द मोहन मिश्र, वडा सदस्य अम्बुज जैसवाल, समाजसेवी विश्वमोहन प्रसाद सिंह लगायतले समेत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।