Tuesday, January 14, 2025

पत्करमा लगायको आगो उखुमा सल्कियो

ताजा / भरखरै प्राप्त

चन्द्रनगर–सर्लाहीको चन्द्रनगरमा पत्करमा लगाएको आगोले सँधियारकाे उखु जलेर नष्ट भएको छ । 

सोमबार चन्द्रनगर गाउँपालिका–१, मोहनपुर निवासी रामकैलाश महतोले चन्द्रनगर–४, मा रहेको आफ्नो उखु काटेको खेतमा रहेको उखुको पत्करमा आगो लगाएका थिए । उक्त आगो एक्कासि सँधियार चन्द्रनगर गाउँपालिका–५, बस्ने गंगी राय महतोको खेतमा रहेको उखुमा सल्किएको हो । 

उखु खेतमा आगो सल्कँदा गंगीको चार कठ्ठा उखुमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी स्थानीय र प्रहरीको सहभागितामा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles