बरहथवा–सर्लाहीको बरहथवा नगरपालिका स्थित मुर्तियामा एक पुरुषको थ्रेसर मेसिनमा परेर हात भाँचिएको छ ।
सोमबार बरहथवा नगरपालिका–१६, बहेडिया टोल बस्ने ४० वर्षका गौरी पण्डितको थ्रेसर मेसिनमा परेर हात भाँचिएको हो । ज १ प ४० १९ नम्बरको ट्रयाक्टरमा जोडिएको थ्रेसर मेसिनमा पराल काट्ने क्रममा पण्डितको हात परेको थियो । मेसिनमा परेर उनको दाया हातको नली भाँचिएको छ ।
घाइते भएका पुरुषलाई तत्काल उपचारको लागि भेनस अस्पताल बरहथवा पुर्याइएको थियो । सामान्य उपचार पश्चात बाराको एलएस न्युरो अस्पताल पुर्याइएको उनको उपचार भइरहेको परिवारजनले बताएका छन् । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको हो ।
दुर्घटनामा संलग्न ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिएको जनाएको छ । प्रहरीका अनुसार ट्रयाक्टर धनी र चालक समेत उपचारमा संलग्न छन् ।