हरिपुर-सर्लाहीको हरिपुरमा ट्याक्टर सँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सोमबार साझ नवलपुर–मलङ्गवा सडक खण्ड अन्तरगत हरिपुर नगरपालिका–३, फरहदवामा हरिपुरबाट गैर तर्फ जाँदै गरेको बालुवा बोकेको ज २ त ४५२ नम्बरको ट्याक्टरको पछाडी सोही दिशा तर्फ जाँदै गरेको भारतीय बिआर ०५ एक्यु ८७५९ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीको कबिलासी नगरपालिका–७, बस्ने रामसुदिन रायको छोरा अन्दाजी १८÷१९ वर्षका चन्दन यादवको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भिर घाइते भएका चन्दनलाई उपचारको लागि प्रादेशिक अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र मोटरसाइकल नियन्त्रणमा लिएको भएपनि चालक फरार रहेको र खोजी भइरहेका जनाएको छ । मृतक युवकको शव परीक्षणको लागि प्रादेशिक अस्पतालमै राखिएको प्रहरीले जनाएको हो ।