हरिपुर–सर्लाहीको हरिपुरमा घुरबाट सल्किएको आगोले डेढ लाख बराबरको उखु बाली नष्ट भएको छ ।
मङ्गलबार हरिपुर नगरपालिका–१, मुसहरी टोल नजिकै घुरबाट सल्किएको आगोले हरिपुर नगरपालिका–९, निवासी ७० वर्षका इस्लाम अन्सारीको एक बिगा ५ कठ्ठा उखु खेती नष्ट भएको हो । नजिकै गाउँमा स्थानीयले बालेको घुरबाट उखुबारीमा आगो लागेको स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
लगतै इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । आगलागीबाट खेतमा रहेको उखु, कृषि मिटर, मोटर, मोबाइल र छाप्रो गरी एक लाख ५० हजार बराबरको क्षति भएको छ । समयमै आगो नियन्त्रणमा आएको ठुलो क्षति हुन नपाएको प्रहरीले जनाएको हो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।