Tuesday, January 14, 2025

एसजिक्युद्वारा बालगृहमा शैक्षिक सामग्री वितरण तथा मिष्ठान्न भोजन

ताजा / भरखरै प्राप्त

राजु तामाङ, हरिवन– एसजिक्यु नेपाली फुट सेन्टर मकाउको सहयोगमा सर्लाहीको हरिवनमा रहेको द्वन्द्व पीडित बाल गृहमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

एक कार्यक्रमका बिच चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्व पीडित बाल गृहका बालबालिकालाई मिष्ठान्न भोजन समेत गराएको हो । एसजिक्यु नेपाली फुट सेन्टरका सञ्चालक तथा समाजसेवी सागर अधिकारीको टोलीले हरिवन–५, घुर्कौलीमा रहेको बालगृहको अवलोकन समेत गरेका थिए ।

अधिकारीको नेतृत्वमा लायन्स क्लब अफ काठमाडौँ नमोबुद्धको समन्वयमा उक्त सामग्री प्राप्त भएको संस्थाले जनाएको हो । आफूहरूले व्यवसायमा मात्रै नभई मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वको अपनत्व बोध गर्दै संस्थालाई थोरै भएपनि सहयोग गरौँ भनेर शैक्षिक सामाग्री तथा मिष्ठान्न भोजन गराएको  अधिकारीले बताए । 

उनले मकाउमा रहेर सञ्चालन गर्दै आएको एसजिक्यु नेपाली फुड सेन्टरमा मकाउमा रहेका नेपालीलाई भिजिट गर्न समेत अनुरोध गरे । कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५इ नेपालका इमिडिएट (पास्ट) डिस्ट्रिक्ट गभर्नर लायन हरिप्रसाद दाहाल, लायन कर्मा गुरुङ, कपी बैक चिफ लायन सूर्य बहादुर तामाङ, लायन्स क्लब अफ काठमाडौंका अध्यक्ष दीपक कुमार तामाङ, लायन्स क्लब अफ काठमाडौँ सर्लाहीका कोषाध्यक्ष भक्त बहादुर वाइबा लगायतको उपस्थिति रहेको थियो ।

बालगृहमा हाल करिब ३० जना विद्यार्थी आश्रित रहेका संस्थाका व्यवस्थापक नवीन लालाले जानकारी दिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles